प्रकाशित : २६ भाद्र २०७८, शनिबार १७:०७

काठमाडौं, २६ भदौ । नेपाली साहित्यको महत्वपूर्ण पुरस्कारमध्ये एक मानिएको मोती पुरस्कारबाट विराटनगरकाकविएवं पत्रकार मीनकुमार नवोदितसहितचारजना पुरस्कृत हुनु भएको छ । दुई दशकभन्दालामो समयदेखि साहित्य र पत्रकारितामा सक्रियनवोदितलाई नेपाल सरकार युवातथा खेलकुदमन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा सेवाकोषले हरेक वर्ष प्रदानगर्दै आएको ‘युवावर्ष मोती पुरस्कार–२०७७’ प्रदान गर्न लागेको हो ।

पुरस्कारका रुपमा संयुक्त रुपमा ५० हजार राशिसहित स्वर्ण पदक र सम्मानपत्र रहेको छ । नवोदितलाई वरिष्ठ कवितुलसीदिवसले नगदसहित स्वर्ण पदक र सम्मानपत्र समर्पण गर्नुभयो । युवावर्ष मोती पुरस्कार नेपाल सरकार, युवातथा खेलकुदमन्त्रालयले सन् १९८७लाई युनाइटेड नेसनले युवावर्ष भनेर घोषणा गरेको वर्षलाई सम्झनागर्दै सुरु गरेको हो ।

सो पुरस्कार हरेक वर्ष मोतीजयन्तीकादिनप्रदानगर्ने गरिन्छ । गतवर्ष कोभिडका कारण स्थगितभएको थियो । विशेषतःकविताविधामाकलमचलाउने नवोदितका ‘फूलबारीभित्रकाभमराहरू’ र ‘झरीले रुझेको गाउँ’ गरी दुई कविता संग्रहप्रकाशित छन् । साथै, केही पुस्तकहरूको सम्पादनसमेत गरिसकेकानवोदितकासिर्जनाहरू राष्ट्रियस्तरका दैनिकपत्रिकाहरूमाप्रकाशित छन् । उनको ‘समयको बयान’कविता संग्रह काठमाडौंको रत्न पुस्तक भण्डारले भदौभित्रै प्रकाशितगर्दैछ । कोषले नवोदितका साथमा सो पुरस्कार कवि, आख्यानकार, समालोचकएवं साहित्यअन्वेषक महेश पौड्याललाई समर्पण गरेको गरेको छ । पौड्याललाई पनि २०७७ सालको पुरस्कार दिएको हो ।

पौड्यालत्रिभुवनविश्वविद्यालयको केन्द्रीयअंग्रेजीविभागकाउपप्राध्यापकहुन् । साहित्यतर्फ उनीबालसाहित्यकार, कवि, कथाकार, उपन्यासकार, गीतकार, नाटककार, समालोचक र अनुवादकपनिहुन् । त्यस्तै २०७८ सालको मोती पुरस्कार जापानमा बसेर संसारभरिका नेपाली साहित्यकारको नेतृत्वगरिरहेकाप्रकाशपौडेल ‘माइला’ र काठमाडौं बसेर भाषा, संगीत, साहित्य र संस्कृतिमा महत्वपूर्ण योगदानगरिरहेका हेम प्रभासलाई दिएको कोषले जनाएको छ ।

पौडेल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)काअध्यक्षहुन् । मोतीरामभट्टको सम्झनामा ४० वर्ष ननाघेकायुवा साहित्यकारहरूलाई प्रदानगरिने यो पुरस्कार युवा पुस्तालाई प्रेरणा दिने महत्वपूर्ण पुरस्कार मानिन्छ । चारै जनाकविलाई वरिष्ठ कविदिवसले दोसल्लाओढाएर सम्मानपत्र र स्वर्णपदक समर्पण गर्नुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३