प्रकाशित : २५ भाद्र २०७८, शुक्रबार १८:०६

विराटनगर, २५ भदौ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गर्नुभएको छ । अध्यादेश बजेट २०७८ लाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै मन्त्री शर्माले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उक्त रकम बराबरको प्रतिस्थापन विधेयक संसदमा पेस गर्नुभएको हो ।

प्रतिस्थापन विधेयकमा आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ भने चालु तर्फको खर्च १० प्रतिशत कटौती गरिएको मन्त्री शर्माको भनाइ छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट ल्याउनु भएको थियो । संघीय सरकारमार्फत चालुतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड रुपैयाँ र पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै वित्रीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री शर्माले सुनाउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३