प्रकाशित : २२ भाद्र २०७८, मंगलवार ०७:१४

विराटनगर, २२ भदौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आइतबार प्रदेश १ का मन्त्रालयका सचिवहरु, विभागीय प्रमुखहरुलाई बोलाएर जनताको काम चुस्तदुरुस्त गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयहरुका कामहरु अगाडी नबढ्दा जनताले दुःख पाइरहेको स्मरण गराउँदै विकास निर्माणका योजना र अड्किएका ठेक्का सम्झौता तत्काल कार्यन्वयन गर्न निर्देशन दिनु भएको छ । उहाँले कामलाई केन्द्र विन्दुमा राखेर सबै कार्यालय प्रमुखहरुले काम गर्नपर्ने कुरा स्मरण गराएका हुन् ।
‘सबै साथीहरुले मेहनेत गरिरहनु भएको छ । तर मेहनेत परिणाममुखी हुन नसकेकाले कामलाई परिणाममुखी बनाउनुहोस् ’–उनले भने । नियम , ऐनले बाधा भएका योजनाहरु, कार्यक्रमहरु भए तत्काल प्रमुख सचिवसँग समन्वय गरेर समाधान गर्न पनि उनले बताए । सो अवसरमा मुख्यमन्त्री आचार्यले मन्त्रालय, विभाग अन्तर्गतका आफ्ना कार्यालयका कर्मचारीहरुलाई राखेर छिटोछरितो सेवा प्रवाह गर्न निर्देशन जारी गर्न मन्त्रालयका सचिव, विभागीय प्रमुखहरुलाई मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयमा निर्देशन दिएका हुन् ।
छलफलमा प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले सबै मन्त्रालयका सचिवहरुलाई मुख्यमन्त्रिको निर्देशन अनुसार काम कारवाही गर्न आग्रह गरे ।
सो अवसरमा मन्त्रालयका सचिवहरुले आ आफ्नो मन्त्रालयको प्रगति वितरण बारे जानकारी गराएका थिए ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३