प्रकाशित : १७ भाद्र २०७८, बिहीबार १८:३५

विराटनगर, १७ भदौ । सर्वाेच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ प्रधानन्यायाधीशविनाको संवैधानिक इजलासमा नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरि फुयालको इजलासले बिहीबार यस्तो आदेश दिएको हो ।

संविधानबमोजिम प्रधानन्यायाधीशको नेतृत्वमा बाहेक अरुको अध्यक्षतामा संवैधानिक इजलास गठन हुन नसक्ने भन्दै परेको रिटमाथि फुयालको इजलासमा सुनुवाइ भएको थियो।अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमा प्रधानन्यायाधीशले संवैधानिक इजलासको नेतृत्व नगर्नु संविधानविपरीत हुने भएकाले प्रधानन्यायाधीशको नेतृत्वमा इजलास गठन गर्न परमादेश माग गरिएको छ ।

योसँगै संवैधानिक आयोगहरूमा गरिएका नियुक्ति सम्बन्धी रिट निवेदनको सुनुवाइ अनिश्चित समयका लागि स्थगित हुने भएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३