प्रकाशित : ४ भाद्र २०७८, शुक्रबार १४:११

अरुण खबर । नेकपा(एमाले) फुटाएर एमाले समाजवादी गठन प्रक्रियामा लागेका माधव नेपालले एमालेको मार्गगर्शक सिद्धान्त जनताको बहुदलिय जनबाद(जबज) पनि त्याग्ने भएको छ । नेपाल नेतृत्वको एमाले समाजबादीले अहिले सम्म पार्टीको सिद्धमन्त र मस्यौदा तयार गरिसकेको छैन । अहिले मस्यौता निर्माणको कार्य अलिरहेको छ ।

पार्टीको कार्यक्रम र राजनीतिक दस्तावेज मस्यौदामा संलग्न एक नेताका अनुसार जबजको विकसित रूप जनताको बहदुलीय समाजवाद वा जनताको समाजवादलाई नयाँ पार्टीले आफ्नो मार्गनिर्देशक सिद्धान्त बनाउने भएको छ ।

नेकपा एमाले समाजवादी निर्वाचन आयोगले दर्ता नगर्ने भनेकाले पार्टीको नाम नेकपा एकीकृत समाजवादी राख्नेगरी आजै निर्वाचन आयोगमा अनुसूची फाराम लिन जाने तयारी नेपाल पक्षका नेताहरूको छ ।

नेकपा एमालेका संस्थापक नेतामध्येका एक माधव नेपाल तत्काली महासचिव मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त जनताको बहुदलीय जनवाद मस्यौदा तथा कार्यान्वयन चरणका प्रमुख नेता हुन् । नेपाल १५ वर्ष महासचिव भएकै बेला जबज एमालेको सिद्धान्त बनेको थियो ।

नेकपा एमाले र माओवादीबीच एकीकरण हुने बेला पनि माधव नेपालले जबज छाड्न मानेका थिएनन् । नेकपा एकीकरणपछि भने केपी ओली पक्षले जबजको बहस थाल्यो भने माधव नेपाल र प्रचण्डले त्यसको विरोध गरेका थिए ।

साविक नेकपाले एमालेको जबज र माओवादीको एक्काइसौं शताव्दीमा जनवादको विकास भन्ने कार्यक्रम स्थगन गरेर जनताको जनवाद भन्ने कार्यक्रम अघि सारेका थिए । अदालतबाट एमाले ब्युँतिएसँगै उसको मार्गदर्शक सिद्धान्त जबज बनेको छ ।

माधव नेपालले भने अबको पार्टीमा जबजको विकास गरेर नयाँ कार्यक्रम राख्ने भएका छन् । पार्टीको नामको पछाडि समाजवाद राख्ने भइसकेपछि सिद्धान्त र कार्यक्रम पनि समाजवाद नै राख्ने तयारी छ ।

उनीनिकट एक नेताले भने, ‘टुंगो लागि सकेको छैन तर जनताको समाजवादी कार्यक्रमको रुपमा हामी जान्छौं । अब जाने भनेको समाजवादतर्फ हो । जबजले भनेको चरण पूरा भइसकेको छ । त्यसैले संविधानको प्रस्तावनामै उल्लेखित समाजवाद कार्यान्वयनका लागि हामी जनताको समाजवाद वा जनताको बहुदलीय समाजवाद त्यस्तै केही कार्यक्रम राख्छौं ।’

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३