प्रकाशित : ३ भाद्र २०७८, बिहीबार १२:०९

अरुण खबर । संसदको सबैभन्दा ठुलो दल नेकपा(एमाले) लाई विभाजित गर्दै वरिष्ठ नेता माधव नेपालले आफ्नै नेतृत्वमा नेकपा एमाले(समाजबादी) दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् । ९५ सदस्य रहेको केन्द्रि कमिटी पार्टीको नाम नेकपा एमाले समाजबादी र चुनाव चिन्ह खुल्ला किताब दर्ताको लागि आयोगमा निवेदन दिएका नेपाललाई थय नाम र चिन्हमा नयाँ दल दर्ता हुन कानुनी जटिलता देखिएको छ ।

हिजो २ भदौमा नेपाल नेतृत्वको समूह निर्वाचन आयोग पुगेर नेकपा एमाले (समाजवादी) दर्ता गर्न निवेदन दिएका थिए । तर, आयोगमा नेकपा एमाले (समाजवादी) को निवेदन दर्ता भएको छैन ।

सरकारले जारी गरेको अध्यादेश अनुसार नयाँ दलले मान्यता पाउन राजनीतिक दल दर्तासम्बन्धी नियमावली संशोधन गर्न बाँकी छ । नियमावली संशोधन नगरी आयोगले दल दर्ता गर्न सक्दैन ।

आयोगले माधव नेपाल समूहले हिजो दिएको निवेदनका आधारमा दल दर्ता गर्न नसक्ने जनाइसकेकोे छ । किनभने दल दर्ताका लागि निवेदन दर्ता गर्न जुन कानुनी आधार चाहिने हो, त्यो कानून नै बनेको छैन ।

आयोगले राजनीतिक दल दर्ता सम्बन्धी नियमावली संशोधनको काम अघि बढाएको छ । अध्यादेश अनुसार नियमावलीको नियम ५ र अनुसुची ५ संशोधन गर्नुपर्ने हुन्छ ।

त्यसपछि मात्र अध्यादेशका आधारमा नयाँ दल दर्ताको निवेदन दिने बाटो खुल्छ । त्यसपछि पनि नेपाल पक्षलाई नयाँ दल दर्ता गर्न सहज छैन । किनभने राजनीतिक दल दर्ता सम्बन्धी ऐनको दफा ६ को (ङ) मा अर्को पार्टीसँग मिल्ने नाम राख्न नपाइने व्यवस्था छ ।

नेपाल समूहले नेकपा एमाले (समाजवादी) नाम प्रस्ताव गरेको छ । तर, नेकपा एमालेसँग मिल्नेगरी प्रस्ताव भएको दलको नाम स्वीकृत हुनसक्ने सम्भावना कम रहेको निर्वाचन कानूनका जानकारहरुको भनाइ छ ।

त्यस्तै सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाममाथि २३ फागुनमा गरेको फैसलामा पनि मिल्दोजुल्दो नाम नराख्न आदेश दिएको छ ।

यही मुख्य दुई कारण नेपालले प्रस्ताव गरेको नेकपा एमाले (समाजवादी) नामको प्रस्तावित पार्टी दर्ता हुन कठिन छ । किनकी सर्वोच्चले आदेशमा बोल्दा, सुन्दा उस्तै लाग्ने, भ्रम पर्ने गरी पार्टी दर्ता नगर्न आयोगका नाममा आदेश दिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३