प्रकाशित : ३ भाद्र २०७८, बिहीबार ०८:१८

अरूण खबर । फागुन २३ गते सर्वोच्चको फैसलाकाट तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन भएर साविक नेकपा(एमाले) व्युतिएपछि पार्टी भित्रको अन्तरसंघर्षमा वरिष्ठ नेता माधाव नेपालको पक्षमा ८९ जना केन्द्रिय सदस्यहरु रहेका थिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रतिगमन भएको भन्दै नेपाललाई साथ दिएका नेताहरु मध्ये पार्टी विभाजन सम्म आइपुग्दा वरिष्ठ नेता नेपाललाई ३७ जना केन्द्रिय सदस्यहरुले साथ छोडिसकेका छन् ।

सरकारले दल विभाजन गर्न सहज हुने गरि अध्यादेश जारी गरे पछि बुधबार निर्वाचन आयोगमा माधव समुहले नवगठित एमाले समाजवादीको ९५ जना केन्द्रिय सदस्यहरुको नाम रहेको छ । जसमा साविक नेकपा एमालेका ५८ जना मात्र केन्द्रिय सदस्य रहेका छन् । यसबीचमा पशुपति चौलागाईंको निधन र गणेश पहाडी, बिष्णु रिजाल तथा सोम मिश्रले माधव गुट छाडेपछि पनि उनीसँग ८६ जना केन्द्रीय सदस्य थिए ।

पार्टी विभाजनको बेला आइपुग्दा नेपालसँग रहेका दोस्रो र तेस्रो पुस्ताका प्रभावशाली नेताहरु रहेनन् । पार्टीभित्रको अन्तरसंघर्षमा माधव नेपालका मुख्य भरोसा बन्दै आएका देशब्यापी प्रभाव भएका नेताहरु किन विभाजनमा गएनन् ?

उनीहरु अझै पनि एमाले एकताको पक्षमा क्रियाशील हुने भनिरहेका छन् । तर दल नै अर्को बनिसकेपछि उनीहरुको एकता अभियान ठहराबमा पुगेको छ । अब दश बुँदे सहमति अनुसार एमालेमा सक्रिय हुने कि माधव नेपालको पार्टीमा लाग्ने ? हाल माधवको पार्टी विभाजनमा साथ नदिएका नेताहरुसँग दुई विकल्पमात्र छन् ।

यी हुन् माधव नेपालको साथ छाड्नेहरु :

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३