प्रकाशित : २ भाद्र २०७८, बुधबार १४:५६

अरुण खबर । मोरङको रंगेली नगरपालिका–१ स्थित शिखर टोलमा सामान्य पानी जमेको खाल्डोमा एक वृद्ध पुरुषको शव भेटिएको छ ।

बाटो छेउमा रहेको खाल्डोको पानीमा अनुहार मात्रै डुबेको अवस्थामा रंगेली–१ का ६२ वर्षीय दीपक सुन्दासको शव मंगलबारसाँझ भेटिएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार डुबेर मानिसको मृत्यु हुने खालको खाल्डो नभएका पाइएको छ । उनले घटनाको अनुसन्धान थालिएको बताए ।

रंगेली अस्पतालमा शवको पोस्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३