प्रकाशित : २ भाद्र २०७८, बुधबार ११:५४

अरुण खबर । बाराको परवानीपुर गाउँपालिकामा मोटरसाईकल दुरघटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

ना ४ च ३४३२ नम्बरको पिकअप गाडीले ना २१ प १८३१ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुका करिब ७ बजे ठक्कर दिएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाटोल निवासी ३८ वर्षीय राजेशराम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गण्डकस्थित नारायणी बयोधा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय परवानीपुर जनाएको छ । घाइते अन्य दुई किशोरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

उता पिकअप चालक फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय परवानीपुरले जानकारी दिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३