प्रकाशित : १ भाद्र २०७८, मंगलवार ११:३९

अरुण खबर । कट्टरपन्थी इस्लामिक समुह तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि त्यहाको अवस्था विग्रदो छ । तालिवानले सत्ता कब्जा गरेपछि विभिन्न मुलुकहरुले आफ्ना नागरिकहरुलाई स्वदेश फिर्ता गरेको छ । तर नेपालको वर्तमान सरकार निरिह हुँदा अफगानिस्तानमा रहेका नेपालीहरु ज्यान जोखिममा राखेर त्यहाँ बस्न बाध्य छन् ।

सरकारको वेवास्तामा परेर जिवन जोखिममा राखेर अफगानिस्तानमा रहेका नेपालीहरुले आँफुहरुको तत्काल उद्धार गरि नेपाल फर्काउन सरकारसँग गुहार मागेका छन् । हाल नेपालीहरु कति संख्यामा अफगानिस्तानमा रहेका छन् भन्ने यकिन डाटा नेपाल सरकारसँग छैन । तर अफगानिस्तानमा करिब १५ हजार हाराहारीमा नेपालीहरु रहेको अनुमान छ । अहिले काबुल बिमानस्थलमा ५० जना जती नेपालीहरु रहेका छन् । काबुल बिमानस्थलबाट सम्पर्कमा आएका रामेछापका डिल्ली अड्काले अहिले काबुलको अवस्था निकै खतरापूर्ण रहेको बताए । खड्का विगत १० वर्ष देखी काबुलमा कार्यरत रहेका छन् ।

‘हामी एउटै कम्पनीमा काम गर्ने ५० नेपाली उद्धारको पर्खाइमा रहेका छौ,’ खड्काले भने, ‘यहाँको अवस्था दयनीय छ बाहिर गोली हानाहान भइरहेको छ । हामीलाई जति बेला जे पनि हुन् सक्छ।’

‘नेपाल सरकारले उद्धारको लागि भदौ १० मा जहाज पठाउने भन्ने जानकारी आएको भन्दै उनले आफूहरूलाई तत्कालै आज/भोलि नै उद्धार गर्नु पर्ने अवस्था रहेको बताए । उनले भने, ‘सरकारले छिटै उद्धार गर्छ भन्नेमा हामी ढुक्क छैनौँ, अन्य देशका नागरिकहरूलाई धमाधम उद्धार गरेर लागिरहेका छन् हाम्रो अभिभावकत्व लिने कोही भएन ।’

नेटोको जहाज विमानस्थलमा ल्याउन सकेको खण्डमा हामीलाई पनि रेस्क्यु गर्ने भन्ने सुन्न आएको भन्दै उनले अहिले भगवान भरोसामा उद्धारको प्रतिक्षामा बसिरहेको बताए । अमेरिकी दूतावास र युरोपियन युनियनमा काम गर्ने नेपालीहरूलाई रेस्क्यु गरी दोहा लगिएको भन्ने खबर सुनेको पनि उनले बताए ।

उद्धारको माग गर्दै अर्का एक नेपालीले भने, ‘श्रम स्वीकृति लिए आएका नेपालीहरूलाई त जेसो तसो उद्धार होला तर, गैरकानुनी रुपमा बसेका नेपालीको अवस्था के होला ?’

अफगानिस्तानमा करिव १ हजार ५ सय नेपाली रहेको नेपालको परराष्ट्र मन्त्रालयले जनाए पनि गैरकानुनी बाटो हुदैँ त्यहाँ पुगेका हजारौँ नेपाली अलपत्र परेको बताईएको छ । त्यहाँ नेपालीहरू संयुक्त राष्ट्रसंघीय नियोग र विभिन्न मुलुकका दूतावासको सुरक्षाको भित्री घेरामा नेपाली खटिएका छन्।

अफगानिस्तान हेर्ने जिम्मा पाएको दिल्लीस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूसँग निरन्तर सम्पर्क भैरहेको र अहिलेसम्म सुरक्षित रहेको जनाउदै सबैलाई सकुशल उद्धारको लगि आवश्यक प्रक्रिया थालिएको जनाएको छ।

यता, गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पनि आफ्नै खर्चमा जहाज पठाएर काबुलबाट नेपालीहरूको उद्दार गर्ने तयारी गरेको जनाएको छ । संघका अध्यक्ष कुमार पन्तले सोमबारको सचिवालय बैठकमा अफगानिस्तानमा रहेका नेपालीको विषयमा संघ गम्भीर एवम चिन्तित रहेको भन्दै नेपाली फर्काउने विषयमा छलफल भएको बताए ।

तालिबानले काबुल कब्जामा लिए पछि त्यहाँका नागरिक विस्थापित हुन थालेका छन् । काबुल छोड्ने क्रममा त्यहाँ भागदौड छ मच्चिएको छ भने अफगानिस्तान छोड्न विमानस्थलमा भीड लागेको छ ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३