प्रकाशित : ३१ श्रावण २०७८, आईतवार ११:२३

अरुण खबर । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका राजनैतिक नियुक्तिहरु खारेज गर्न देउवा सरकारलाई एमालेका वरिष्ठ नेता माधव नेपाल समुहले समर्थन गरेको छ । तर नियुक्ति खारेज गर्न सहमती गरेपनि नायँ नियुक्ति तत्काल नगर्न समेत नेपाल समुहले सरकारलाई आग्रह गरेको छ । केपी ओली सरकारका पालामा भएका नियुक्ति खारेज गर्न सहमति दिए पनि नयाँ नियुक्तिमा केही दिन पर्खिन आग्रह गरेको एक मन्त्रीले बताए ।

यसबीचमा माधव नेपाल निकट केही नेता र सांसदहरुले कानूनमन्त्री ज्ञानेन्द्रवहादुर कार्की र कांग्रेस महामन्त्री पूर्णवहादुर खड्कालाई भेटेर आफूहरु एमाले एकताको अन्तिम प्रयासमा रहे पनि त्यो सफल हुने सम्भावना नरहेको भन्दै नियुक्तिमा हतार नगर्न भनेका हुन् ।

शनिवार शंखमुलस्थित ए वान पार्टी प्यालेसमा भएको कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले ‘यत्रो दुखः गरेर ल्याएको सरकारले राजनीतिक नियुक्तिहरु गर्दा आफूहरुले पनि आफ्ना कार्यकर्तालाई न्याय गर्नुपर्ने’ बताएका थिए । तर नेपालले सरकारलाई काम गर्नबाट नरोकेको समेत प्रष्ट पारेका थिए ।

यसबीचमा भूमि आयोग खारेज गरेर नयाँ गठनादेशमार्फत नयाँ नियुक्ति गर्न खोजिए पनि सर्वोच्च अदालतको अन्पकालीन अन्तरिम आदेशका कारण रोकिएको छ । अन्य राजनीतिक नियुक्तिका व्यक्तिहरुलाई पनि राजिनामा दिन भनिएको छ । राजिनामा नदिनेहरुलाई प्रक्रिया पूरा गरेर हटाउने तयारी सरकारको छ ।

त्यस्तै केपी ओली सरकारका पालामा नियुक्त भएका कम्तिमा १० जना राजदूत पनि फिर्ता बोलाउने तयारी सरकारको छ । ओलीको पालामा नियुक्ति सिफारिस भएर पनि नियुक्त हुन बाँकी रहेका १२ जना राजदूतमा समेत अब गठबन्धनले भागबण्डा गर्ने भएका छन् ।

नेपाल पक्ष कानूनी रुपमा पार्टी एउटै हुँदा सरकारमा सहभागी हुन नमिलेका कारण सरकार विस्तार तथा राजनीतिक नियुक्तिका कुराहरु केही पर धकेलिएका छन् । तर यो अवस्था धेरै दिन नरहने नेताहरु बताउछन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३