प्रकाशित : २८ श्रावण २०७८, बिहीबार १२:५७

अरुण खबर । रुसको सुदूर पूर्वको एक तालमा १६ जना मानिस बोकेको हेलिकप्टर दुर्घटना भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार अहिलेसम्म ९ जनाको जीवितै उद्धार गरिएको छ । हेलिकप्टरमा १३ जना पर्यटक र तीनजना क्रु सदस्य थिए । उक्त हेलिकप्टर कामचट्का प्रान्तको कुरिल तालमा दुर्घटना भएको हो ।

एमआई-८ मोडलको उक्त हेलिकोप्टरले मस्को र सेन्ट पिटर्सवर्गका पर्यटकहरु बोकेको समाचारमा बताइएको छ । मस्कोबाट ६ हजार किलोमिटरभन्दा टाढा रहेको कामचट्का प्रान्त पर्यटकहरुको लागि निकै लोकप्रिय गन्तव्य हो ।

गत जुलाईमा सोही प्रान्तमा भएको विमान दुर्घटनामा २८ जनाको मृत्यु भएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३