प्रकाशित : २८ श्रावण २०७८, बिहीबार ०७:४१

अरूण खबर । आज २८ श्रावण २०७८ बिहिबार, राशि अनुसार आजको दिन कस्तो रहेको छ ? हेर्नुहोस दैनिक राशिफलः

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । शेयर बजारमा विशेष लाभ मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) स्वादिष्ट भोजन पाइनेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) शुभकार्यको चर्चा चल्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ कामको थालनी हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । प्राविधिक कार्यमा मन पनि जानेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) कीर्तिमानी काम गर्ने समय छ । चलाखी पूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज अनावश्यक यात्रा र वैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ । आत्मबल पनि बढ्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) प्रेम र मित्रताको बन्धन कसिनुका साथै वाहन लाभ हुने समय छ । घरमा अतिथिको आगमन हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आज कार्यमा बाधा आउनेछ । सरकारी निकायको भय रहला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । यात्रामा मालसामान हराउन सक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) प्रेममा सफलता पाइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३