प्रकाशित : २७ श्रावण २०७८, बुधबार १२:३०

अरुण खबर । लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले अविश्वासको प्रस्ताव जसरी पनि टेबल हुने बताएका छन्। सभामुख घर्तीले विश्वासको मत लिने र अविश्वासको मतमाथि छलफल हुने प्रक्रिया निर्वाचन प्रक्रिया उल्लेख गर्दै यस्तो बताएका हुन्।

उनले निर्वाचन प्रक्रियामा मतदाता वा उम्मेदवार नआउँदैमा निर्वाचन प्रक्रिया नरोकिने तर्क गरे। ‘विश्वासको मत लिने र अविश्वासको प्रस्तावमाथि छलफल हुने प्रक्रिया आफैंमा निर्वाचन प्रक्रिया हो। कुनै पनि एउटा निर्वाचनमा एउटा उम्मेद्वार अनुपस्थिति हुन्छ भनेर वा मतदात अन्माउने भनेर निर्वाचन प्रक्रिया रोकिँदैन,’ पहिलोपोस्टसँग सभामुख घर्तीले भने।

उनले नेकपा एमालेले बैठक बहिष्कार गर्ने सम्बन्धमा आफूलाई कुनै पनि औपचारिक जानकारी नभएको बताएका छन्। अविश्वासको प्रस्ताव माथि छलफल गराउन विशेष अधिवेशन आव्हान भएकोले कार्य परामर्श समितिको बैठक पनि बस्नु नपर्ने उनको दाबी रह्यो।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३