प्रकाशित : २५ श्रावण २०७८, सोमबार १४:३१

अरुण खबर । भगवान शिवको पावन महिनामा बोलबम यत्रामा हिडेका यात्रु बोकेको कोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।।

आज (सोमबार) बिहान बाराबाट रौतहटको नुनथरमा जल लिन आएको बोलबम चढेको ना ५ च ३१६६ नम्बरको बलेरो गाडी जिल्लाको चन्द्रपुर नगरपालिका–१ स्थित बागमती सिंचाईको नहरमा बिहान ४ बजे खसेको थियो ।

बलेरो नहरमा खस्दा बारा गढीमाई नगरपालिका बस्ने ४५ वर्षीया मिनादेबी कोईरीको घटनास्थालमै ज्यान गएको र सोही बलेरोमा सवार बाराकै बोधवन नगरपालिका बस्ने ६५ वर्षीया सोनरीदेवी मुखिया नरहमा बेपत्ता भएको इलाका प्हरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछाने जानकारी दिएका छन् ।

बलेरोमा सवार घाइतेको सर्लाहीको कर्मैयामा रहेको अस्पतालमा उपचार भइरहेको छ । नहरमा खसेको बोलेरो क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको र बेपत्ता महिलाको खोजीकार्यमा प्रहरी जुटेको डिएसपी लामिछाने जानकारी दिए ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३