प्रकाशित : २४ श्रावण २०७८, आईतवार १२:०२

अरुण खबर । सत्ता सञ्चालनमा सहभागी रहेका गठबन्धन दलका शिर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा शुरु भएको छ । बैठक आइतबार बिहान ११ बजे बाट शुरु भएको माओबादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

छलफलमा काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता छन् । उनीहरुबीच पाँच दलीय गठबन्धनद्वारा सरकार सञ्चालनमा सघाउन गठित काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वको कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भइरहेको बुझिएको छ ।

गठबन्धनको सात सदस्यीय कार्यदलले शुक्रबार सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि शीर्ष नेतालाई बुझाएको थियो । उक्त प्रतिवेदन आजै सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।  कार्यदलको प्रतिवेदनपछि गठबन्धनका शीर्ष नेताहरुले मन्त्रिपरिषदलाई पूर्णता दिने बताउँदै आएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३