प्रकाशित : ७ श्रावण २०७८, बिहीबार १९:५१

विराटनगर, ७ साउन । गर्मी अचाक्ली बढिरहेका बेला विराटनगरमा केही दिनदेखिको अघोषित लोडसेडिङका कारण उपभोक्ता मारमा परेका छन् । विद्युत प्राधिकरणले आघोषित लोडसेडिङ गर्दा अनलाइन पठनपाठन गरिरहेका विद्यार्थी सबैभन्दा बढी मारमा परेका हुन् । विराटनगर र आसपासका क्षेत्रमा दैनिक १२ घण्टाभन्दा बढी विद्युत आपूर्ति बन्द हुने गरेको छ । सेड्युल बिना हुने लोडसेडिङको मार उभापभोक्ताले खेपिरहे पनि विद्युत प्राधिकरणले दीर्घकालीन रूपमा समस्या समाधानका लागि चासो नदिएको विराटनगर–५ का सुदीप लम्सालले बताउनु भयो ।

प्राधिकरण स्रोतका अनुसार असार ३१ गतेसम्म टंकीसिनवारी सव–स्टेशनमा ब्रेकर जडान र अन्य सुधारको काम भइरहेकाले विद्युत आपूर्तिमा समस्या थियो । त्यसपछि समस्या नहुनु पर्नेमा अहिले पनि विद्युत आपूर्तिमा सुधार आउन नसकेको हो । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख मिथिलेशकुमार गोहिबारले धेरै खपत हुँदा विद्युत ‘ट्रिपिङ’ हुने र तार चँुडिने लगायतका समस्याले आपूर्ति असहज बनिरहेको दाबी गर्नु भयो । अनियमित बनेको विद्युत आपूर्तिलाई सहज बनाउनुपर्ने माग राखेर जनप्रनिधिहरुले समेत विराटनगर वितरण केन्द्रका प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् ।

सेटिङका भरमा अन्यत्रै विद्युत उपलब्ध गराउँदा त्यसको पीडा सर्वसाधारण उपभोक्ताले खेप्नु परिरहेको उहाँको भनाइ छ । बिजुली कति खेर जाने र कतिबेला आउनेभन्ने यकिन नहुँदा विद्यार्थीको पढाई प्रभावित बनेको साहले बताउनु भयो । धेरै ठाउँमा विद्युत सप्लाई गर्नुपर्ने हुँदा कतै समस्या आयो भने पत्ता लगाउन समय लाग्ने प्राधिकरणको दाबी छ । फिल्डका कर्मचारी समयमै फिल्डमा नपुग्ने, आपसी समन्वय र नेतृत्वमा कार्यकुशलताको कमीले गर्दा पनि विद्युत आपूर्तिमा समस्या भइरहेको स्रोतले बतायो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३