प्रकाशित : २८ जेष्ठ २०७८, शुक्रबार १९:०२

विराटनगर, २८ जेठ । नेपाल पत्रकार महासघं मोरङलाई माइती नेपाल विराटनगरले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाको सभाहलमा आज आयोजित एक कार्यक्रममा माइती नेपालले मास्क १ हजार थान र सेनिटाईजर १० लिटर नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष संजिव खनाललाई हस्तान्तरण गरेको हो । कोरोनाको दोश्रो लहरको समयमा संक्रमितको संख्या पनि दिनानु दिन बढीरहेको बेला फ्रन्टलाईनमा रहेर काम गर्ने पत्रकारहरुलाई माइती नेपालले मास्क र सेनिटाईजर उपल्ब्ध गराएको मोरङ जिल्ला संयोजक विनोद पोखरेलले बताउनुभयो । उहाँले पत्रकारहरु सुरक्षित भए मात्र समाजले सत्य तथ्य सूचना पाउन सक्ने बताउनुभयो ।

माईती नेपालले यसअघि इलाका प्रहरी कार्यालय रानी, विराटनगर महानगरपालिकालाई पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३