प्रकाशित : २७ जेष्ठ २०७८, बिहीबार १९:०३

विराटनगर, २७ जेठ । प्रदेश १ सरकारले कोभिड–१९ विरुद्धको खोपमा प्रदेशवासीको सरल र सहज पहुँचलाई सुनिश्चित गर्न ‘डिजिटल स्वास्थ्य, डिजिटल प्रदेश’ कार्यक्रम कार्यान्वयनमा ल्याउने नीति बनाउने भएको छ। पालिकाहरुको समन्वय र सहकार्यमा जिल्ला अस्पताल तथा स्थानीय निकायका अस्पताल एवम् स्वास्थ्यकेन्द्रहरुमा अनलाइन दर्ता गर्ने व्यवस्था मिलाइने प्रदेशको नीति तथा कार्यक्रममा उल्लेख छ।

डिजिटल साक्षर नभइसकेकाहरूका वडालाई क्रियाशील बनाइने प्रदेश सरकारको नीति छ। स्वास्थ्य अभिलेख विद्युतीकरण गर्ने, दूर चिकित्सा परामर्श र सेवा उपलब्ध गराउन डिजिटल प्रदेशको अवधारणा कार्यान्वयन गर्ने सरकारको नीतिमा उल्लेख छ।

बिहीबार प्रदेश सभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गरेको छ। औषधि, अक्सिजन लगायतका स्वास्थ्य सामग्रीको सहज आपूर्ति तथा वितरण व्यवस्थापनका लागि संघीय सरकारसंगको समन्वय तथा सहकार्यमा सबै संशाधनको अधिकतम परिचालन गर्ने व्यवस्था मिलाइने बताइएको छ।

कोभिड प्रतिकार्यमा संलग्न स्वास्थ्यकर्मी लगायत सुरक्षा निकायका राष्ट्रसेवकहरुको मनोबल बढाउन अतिरिक्त सुविधा व्यवस्था गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।

विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी, आवश्यक औजार तथा यन्त्र उपकरण र भौतिक पूर्वाधारसहित मेची अस्पताललाई २०० शय्या, धनकुटा र पाँचथर जिल्ला अस्पताललाई १–१ सय र अन्य जिल्ला अस्पताललाई न्यूनतम ५० शय्यामा स्तरोन्नति गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३