प्रकाशित : २४ जेष्ठ २०७८, सोमबार १८:२९

विराटनगर, २४ जेठ । प्रदेश १ सभाको आठौं तथा बजेट अधिवेशन आजदेखि सुरु भएको छ । प्रदेशसभाको पहिलो बैठकमा विपक्षी दलका नेताहरुले कोभिडमा प्रदेश सरकारको उपस्थिति नदेखिएको आरोप लगाएका छन ।

बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले नेपाली जनतामा संघीयताप्रतिको आशा हराएको बताउनुभयो । कोरोना महामारीमा प्रदेश सरकारले जनताका लागि केही गर्न नसकेको उहाँको आरोप छ । प्रतिनिधिसभा विघठनको असर प्रदेश सरकारहरुमा पनि परेको उहाँले बताउनुभयो । बजेट निर्माण हचुवाको भरमा नबनाउन उहाँले सुझाव दिनुभयो ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पूर्ववजेट माथिका छलफलका लागि समयावधि घटाएपछि यसको मर्म मरेको बताउनुभयो । यसमा आफू सहभागी हुन नसक्ने उहाँले बताउनुभयो । प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको सिको गरेको उहाँको आरोप छ । पूर्ववजेट र नीति तथा कार्यक्रम छलफलको औचित्य सकिएको उहाँले बताउनुभयो । कोरोनामा प्रदेश सरकारको उपस्थिति नदेखिएको आङ्बोको आरोप छ । कोभिडमा विभागीय मन्त्रालय रक्सीको कार्यदल बनाएर बसेको उहाँले बताउनुभयो । कोभिड नियन्त्रण प्रदेश सरकारको प्राथमिकतामा पर्न नसकेको आङ्बोले बताउनुभयो । सरकारको काम झण्डा हल्लाएर हिड्ने मात्र नभएको भन्दै उहाँले सरकारले सदन छल्न खोजे सशक्त प्रतिकार हुने चेतावनी दिनुभयो ।

जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले कोरोना महामारीमा प्रदेश सरकार हराएको बताउनुभयो । प्रदेश सरकारलाई सदनमा भेटिएको भन्दै व्यङ्ग्य पनि गर्नुभयो । जनताको रक्षा गर्न प्रदेश सरकार असमर्थ भए हात उठाउन उहाँले आग्रह गर्नुभयो । यादवले भन्नुभयोे, ‘हात उठाउनुहोस् हामी विकल्प दिन तयार छौं ।’ प्रदेश सरकार संघीय सरकारजस्तो चल्न खोजेको उहाँले बताउनुभयो । प्रदेशसभा जिवित रहँदा पनि किन अध्यादेश चाहियो भनेर उनले प्रश्न गर्नुभयो । कोरोनाको बाहना बनाएर सरकार जिम्मेवारीबाट पन्छिन खोजेको यादवको आरोप छ । उनले प्रदेश सरकार संघीय सरकारको मलामी भएको आरोप लगाउनुभयो ।

राप्रपाकी सांसद इन्दिरा राईले प्रदेश सरकारले तीन महिनाभित्रमा कोरोना नियन्त्रण गर्ने योजना बनाउनु पर्ने बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३