प्रकाशित : १९ जेष्ठ २०७८, बुधबार १९:२७

विराटनगर, १९ जेठ । विराटनगरमा ड्युटीमा रहेका प्रहरीले एक जना स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका छन् । कोसी अस्पताल विराटनगरमा कार्यरत सिनियर अहेब अशोककुमार राजवंशीमाथि गय राति ९ बजेतिर विराटनगरकै देवकोटा चोकमा कुटपिट भएको हो ।

राजवंशीले ड्युटी सकेर मधुमारास्थित घर फर्कदै गर्दा प्रहरीले रोकेर अन्धाधुन्ध लाट्टी प्रहार गरेको बताउनु भयो । उहाँको दुवै खुट्टा र पेटमा चोट लागेको छ । मोटरसाइलमा घर जाँदै गर्दा विराटनगरको देवकोटा चोकमा आफूमाथि प्रहरीले अमर्यादित र अमानवीय ढंगले कुटपिट गरेको राजवंशीको गुनासो छ । कोसी अस्पतालनजिक रहेको सुरक्षा अस्पतालमा उहाँको औषधि पसल पनि छ । स्वास्थ्यकर्मीले परिचय पत्र स्पष्ट देख्ने गरी भिरेर हिँडेको देख्दादेख्दै प्रहरीले कुटपिट गर्नु गलत भएको नेपाल चिकित्सक संघ कोसीका अध्यक्ष डा. फरवार्ड सिलवालले बताउनु भयो । उहाँका अनुसार स्वास्थ्यकर्मी हुँ भन्दाभन्दै दुई जना प्रहरीले कुटपिट गरेको घटना आएको छ । सहकर्मी कुटिएपछि विराटनगरमा चिकित्सक र स्वास्थ्यकर्मीले प्रदर्शन गरेका छन् । आज कोसी अस्पताल विराटनगर परिसरमा प्लेकार्डसहित कुटपिटको विरोधमा उत्रिएका उनीहरुले सुरक्षाको माग गरे ।

चिकित्सक संघ कोसीको अगुवाईमा आन्दोलनमा उत्रिएका चिकित्सकले दोषी प्रहरीमाथि कारबाहीको माग पनि गरेका छन् । उनीहरुले कोरोना महामारीका समयमा सुरक्षाको ग्यारेन्टी नभए काम गर्न नसकिने बताए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले कोरोना महामारीमा अग्रभागमा खटिएर संक्रमितको सेवा एवं बिरामीको उपचारमा अहोरात्र खटिने चिकित्सक असुरक्षित हुनु दुःखद् भएको बताउनु भयो । यस घटनाका सम्बन्धमा प्रशासन र प्रहरी कार्यालयको ध्यानआकर्षण गरिसकिएको जानकारी उहाँले दिनु भयो ।

स्वास्थ्यकर्मी कुटिएको घटनाको छानबिन सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनु भयो । स्वास्थ्यकर्मीमाथि हातपात भएको विषयमा अनुसन्धान थालिएको एसपी खड्काले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३