प्रकाशित : १९ जेष्ठ २०७८, बुधबार १९:२६

विराटनगर, १९ जेठ । प्रदेश १ सरकारले पुर्व वजेट छलफलको समय घटाउन अध्यादेश ल्याएको छ । आज बसेको मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश आर्थिक कार्यविधि ( दोश्रो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको छ ।
पुर्ववजेट छलफल हुदैन कि भनेर विपक्षी दलहरुले आशंका गरिरहेका बेला प्रदेश १ सरकारले छलफलको समय घटाउनका लागि अध्यादेश ल्याएको हो ।
ऐनमा बजेट माथिको पूर्व छलफल १५ दिन अगावै हुनुपर्ने व्यवस्था रहेको छ । अध्यादेश मार्फत ५ दिन अगावै पूर्व बजेट छलफल बनाईएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभयो ।
कोरोनाको महामारीका बेला लामो समय नियमित वैठक सञ्चालन गर्न कठिन हुने भएकाले समय छोट्याउन अध्यादेश ल्याउने निर्णय भएको उहाँले बताउनुभयो ।

प्रदेश १ का विपक्षी दलले बजेट अधिवेशन चाडो आह्वान गर्न माग गरेका छन् । मुख्यमन्त्री शेरधन राईदे जेठ २५ वा २६ मा बैठक आह्वान हुने बताउनुभएको छ ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३