प्रकाशित : ११ जेष्ठ २०७८, मंगलवार १८:५२

विराटनगर, ११ जेठ । मोरङको सुन्दरहरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले सङ्घीय सरकारले स्थानीय सरकारलाई कोरोना सङ्क्रमणको महामारीको बेलामा सोधखोज नै नगरेको आरोप लगाउनु भएको छ ।

सङ्घीय सरकारले सुन्दरहरैँचा नगरपालिकालाई कोरोना महामारी नियन्त्रणको लागि भनेर पठाएको स्वास्थ्य सामग्रीको विवरण देखेर आश्चर्य व्यक्त गर्दै मेयर ढकालले आक्रोशित हुँदै उक्त आरोप लगाउनु भएको हो । कोरोना सङ्क्रमणका लागि लड्न भनेर सङ्घीय सरकारले सुन्दरहरैँचा नगरपालिकालाई १ थान पल्समिटर, २ थान थर्मल गन, १० थान पीपीई सेट, ५० थान एन ९५ मास्क र ५० थान सर्जिकल मास्क पठाएको छ ।

मेयर ढकालले यस्तो विपद्को बेलामा सङ्घीय सरकारबाट स्थानीय सरकारलाई परेको समस्याको बारेमा सोधखोज गर्नुको साटो स्थानीय सरकारले गरेको फोनसमेत नउठाएको गुनासो गर्नुभयो । नगरपालिकाले पछिल्लो समय गाउँ गाउँमा पुगेर स्वास्थ्य सेवा प्रदान गरिहरेको छ । सुन्दरहरैँचामा हालसम्म ३ सय ७ महिलासहित ६ सय ३९ जना सङ्क्रमित भएका छन् भने १५ जनाको सङ्क्रमणका कारण ज्यान गएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३