प्रकाशित : ८ जेष्ठ २०७८, शनिबार १९:२९

विराटनगर, ८ जेठ । नेकपा एमाले विराटनगर ८ ले आज करिव दुई दर्जन घरमा निर्मलीकरण गरेको छ ।
कोरोना संक्रमण भएर होमआईसोलेसनमा रहेकाहरुको घरमा निर्मलीकरण गरिएको वडाकमिटी अध्यक्ष राम पोखरेलले बताउनुभयो । उहाँका अनुसार कोरोना संक्रमण भएका मृत्यु भएका २ व्यक्तिहरुको घर सहित २३ वटा घरलाई निर्मलीकरण गरिएको हो । वडाकमिटी सदस्यहरु भुवन राजवंशी, सविन कामत, सिताराम राजवंशी सहितको टोली अभियानमा सक्रिय रहेको अध्यक्ष पोखरेलले बताउनुभयो ।

यसअघि एमाले विराटनगर ८ ले वडावासीलाई स्वास्थ्य सामाग्री, होमआईसोलेसनमा बसेकाहरुलाई आयुर्वेदिक औषधि वितरणको काम गरिएको अध्यक्ष पोखरेलले बताउनुभयो । कोरोनाको नयाँ भेरिएन्टका संक्रमित बढेसँगै वडाकमिटीले वडावासीको समस्यालाई मध्यनजर गरेर काम गर्दै आएका उहाँले बताउनुभयो । अध्यक्ष पोखरलले वडावासीमा कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको मापदण्ड पालाना गर्न पनि आग्रह गर्नु भएको छ ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३