प्रकाशित : २९ बैशाख २०७८, बुधबार ०८:११

विराटनगर, २९ वैशाख । विराटनगर जुनियर जेसिजले बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

मातातिर्थ औशीको अवसरमा जुनियर जेसिजले ‘मेरी आमा मेरो गर्व’ शिर्षकमा अनलाईन मार्फत मंगलबार बक्तृत्वकला प्रतियोगिता गरेको हो । प्रतियोगितामा स्लोक कोइराला प्रथम, शिक्षा राई दोश्रो, सरु पराजुली र अंकिता विश्वास थारु तेश्रो हुनु भएको जुनियर जेसिज अध्यक्ष जिना शर्माले जानकारी दिनुभयो । प्रतियोगिताको मुख्य निर्णायकमा विराटनगर जेसिजका पुर्व अध्यक्ष देवश प्रधान रहनु भएको थियो ।

प्रतियोगितामा विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा. सन्देशदास श्रेष्ठ, विराटनगर जेसिजका अध्यक्ष प्रदिप दाहाल, विराटनगर जुनियर जेसीजका विभिन्न वर्षका पूर्व अध्यक्षहरु, विराटनगर जुनियर जेसिजका बोर्डका पदाधिकारी तथा सदस्यहरु , विभिन्न शाखा अध्यक्ष लगायतको सहभागिता रहेको विराटनगर जुनियर जेसीजकी सहसचिव प्रतिक्षा न्यौपानेले जानकारी दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३