प्रकाशित : २९ बैशाख २०७८, बुधबार ०७:५१

विराटनगर, २९ वैशाख । कोभिड १९ संक्रमण बढेसँगै स्वास्थ्य सामाग्रीमा कालोबजारी गर्नेलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरले धमाधम कारवाही शुरु गरेको छ । कार्यालयले अनुगमनका क्रममा कालोवजारी गरेको पाईए तत्कालै कारवाही गर्दै आएको छ । तीन दिनमा आधा दर्जन बढी फार्मेसीलाई कारवाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

उपभोक्ता संरक्षण कार्यालय विराटनगरले मोरङ र सुनसरीका १–१ वटा फार्मेसीलाई २–२ लाख जरिवाना गरेको छ । मोरङको बुढीगंगा २ को विज्ञान फार्मेसीले मञ्जरी आयुर्वेद औषधी उद्योगले उत्पादन गरेको रव क्लिन ब्रान्डको १२० मि.लि. को स्यानिटाइजरलाई ८० रुपैयँँमा खरिद गरेर १६५ रुपैयाँमा बिक्री गरी गरेको पाईएपछि तत्कालै दुई लाख जरिवाना गरिएको छ । सुनसरी इटहरीको विविता सर्जिकल हाउसले भारतीय कम्पनीद्वारा उत्पादित अधिकतम खुद्रा मूल्य उल्लेख नभएको लाईफ गार्ड ब्रान्डको ह्यान्ड स्यानिटाइजर ३९.३० पैशामा खरिद गरि ८० रुपैयामा बिक्री गरी अनुचित र अस्वभाविक नाफा गरेकाले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिमको दुई लाख तत्काल जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरका प्रमुख पोखरेलले बताउनुभयो ।

मास्क र स्यानिटाइजरको बिल बिजक बिना खरिद र विक्री गर्ने विराटनगर २ को विनुका फार्मेसी, सुनसरी इटहरीको टाटा नन्दा फार्मेसी, इटहरीको होम्ताङ आयुर्वेद औषधालयललाई २०–२० हजार र यस फार्मेसी विराटनगरलाई ५ हजार जरिवाना गरिएको छ । अनुगमनमा सहयोग नगर्ने सुनसरी धरानको सुनौलो मेडिकल हललाई पनि २० हजार जरिवाना गराईएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्कालै जरिवाना गर्ने गरिएको कार्यालय प्रमुख पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयोे,‘अधिकतम खुद्रा मूल्य धेरै अंकित भएपनि खरिद गरेको मूल्यमा थोरै मात्र थप गरी बिक्री गर्नेहरुलाई धन्यवाद पनि दिने गरिएको छ ।’

बाणिज्य कार्यालयले अनुगमन तीव्र पारेको उहाँले बताउनुभयो । उहँँले प्रशासन, प्रहरी र सरोकारवालाबाट संयुक्त रुपमा अनुगमन गर्ने गरिएको कार्यालय प्रमुख पोखरेलले बताउनुभयो ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३