प्रकाशित : २९ बैशाख २०७८, बुधबार ०७:१७

विराटनगर, २९ वैशाख । कोरोना संक्रमणका कारण ज्यान गुमाएकाहरुको शव घाट सम्म पुर्याउनका लागि नेकपा एमाले विराटनगर ८ ले शववाहन सेवा सञ्चालन गरेको छ ।


शववाहनको व्यवस्था नहुँदा मृत्यु भएको कोरोनाका संक्रमितको लामो समय सम्म शव नउठ्ने समस्या पाईएपछि शव वाहन सेवा सञ्चालन गरिएको एमाले विराटनगर ८ का अध्यक्ष राम पोखरेलले बताउनुभयो । उहाँका अनुसार अस्पतालसँगै होम आईसोलेसनमा मृत्यु भएकाहरुका लागि पनि सेवा दिईने छ । अध्यक्ष पोखरेलले भन्नुभयो,‘ कोरोना संक्रमणका कारण ज्यान गुमाउने विराटनगर ८ का बासिन्दालाई लक्षित गरि दुःखको घडीमा साथ दिन सेवा शुरु गरिएको छ ।’ उहाँका अनुसार शव वाहन सेवा शुरु गरिएपनि यस्तो भरसक कसैलाई नपरोस् । अभियानमा अध्यक्ष पोखरेल सहित भुवन राजवंशी, सविन कामत, शिव मगर, मोहम्मद शमशेर (समिर) खटिएका छन् ।

यसअघि एमाले विराटनगर ८ ले वडावासीलाई स्वास्थ्य सामाग्री, संक्रमितको घरलाई निर्मलीकरण, होमआईसोलेसनमा बसेकाहरुलाई आयुर्वेदिक औषधि वितरणको काम गरेको अध्यक्ष पोखरेलले बताउनुभयो । कोरोनाको नयाँ भेरिएन्टका संक्रमित बढेसँगै वडाकमिटीले वडावासीको समस्यालाई मध्येनजर गरेर काम गर्दै आएका उहाँले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३