प्रकाशित : २३ बैशाख २०७८, बिहीबार १९:२९

विराटनगर, २३ वैशाख । नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको नयाँ कार्यसमितिले कार्यकालको पहिलो लर्निङ सेसन नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणासँग सम्पन्न गरेको छ ।

कोरोना महामारीका कारण जारी निषेधाज्ञाका कारण अनलाइन जुममार्फत भएको अन्तरक्रियामा महासंघकी निवर्तमान अध्यक्ष राणाले उद्योग व्यवसायमा आफ्नो यात्रा र अनुभव साट्नु भएको थियो । नेतृत्वमा महिला सहभागिता शीर्षकमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष राणाले दृढ इच्छाशक्ति र इमान्दारिता भए आफूले देखेको सपना पूरा गर्न असम्भवन नहुने उल्लेख गर्नुभयो । राणाले युवा उद्यमीहरुलाई विश्वस्तभएर काम गर्न र राम्रा कामको अनुशरण गरिरहन सुझावसमेत दिनुभयो ।

निवर्तमान अध्यक्ष राणाले कोभिडको महामारीले अर्थव्यवस्था र दैनिक जीवनयापनमा नराम्रो प्रभाव परेको भन्दै सरकारले यसबारेमा सोच्नुपर्नेमा जोड दिनुभयो । उहाँले आजको समयमा स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न पनि युवाहरुलाई सुझाव दिनुभयो । युवा उद्यमीमञ्चले गरेको सिजनको पहिलो लर्निङ सेसनबाट युवाहरुमा सकारात्मक विचार र हौसला बढाएको मञ्चका सञ्चार संयोजक रितेश खनालले बताउनुभयो ।

कार्यक्रममा नेपालभरका एकसय भन्दा बढी युवाउद्यमी तथा व्यवसायीहरुको सहभागिता थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३