प्रकाशित : १३ बैशाख २०७८, सोमबार ०६:४२

विराटनगर १२ वैशाख । मोरङ जिल्लाबाट बर्षेनी एक सय महिला बेपत्ता हुनेगरेको पाइएको छ । मानव बेचबिखन र घरेलु हिंसा न्युनिकरणका क्षेत्रमा काम गर्ने माईती नेपाल विराटनगरको तथ्यांकमा मोरङ जिल्लाबाट गएको १० बर्षमा ९ सय ६६ महिला बेपत्ता भएको उल्लेख छ । सो संस्थाले बार्षिक रुपमा गरेको गतिविधिका बिषयमा जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।

भारतमा रोजगारी लगाइदिने तथा विहाबारी लगायतको प्रलोभन दिएर दलालहरुले भारत लगायत तेश्रो मुलुक पुर्याएर महिला तथा किशोरीहरुलाई बेपत्ता बनाउने गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । अप्रिल २०२० देखी मार्च २०२१ सम्म गरेको कामको प्रगतीको वारेमा कार्यालयले जानकारी दिदै उक्त संस्थाले विगत एकवर्षमा वेचविखनका लागि भारत लैजादै गरेका ३७ जनालाई विराटनगर स्थित सिमानाकावाट उद्धारगरि परिवारको जिम्मा लगाइएको जनाइएको छ ।

उद्धार गरिएकाहरुमा प्रदेस एकका मात्र नभई सिन्धुपालचोक जिल्लाका समेत महिला रहेका छन । अघिल्लो वर्षको सोहि अवधिमा १ सय १० जनाको उद्धार गरिएको थियो । गत एकवर्षमा उक्त संस्थामा ११ वटा जर्वदस्तीकरणीका घटनाहरु आएको जनाइएको छ । त्यसमा १८ वर्षदेखि २६ वर्ष मुनिका रहेका छन । पछिल्लो समय सामाजिक सञ्जालको माध्यमवाट वालवालिका देखी महिलासम्मलाई फकाएर प्रलोभन देखाई भारत लैजाने गिरोहनै सक्रिय भएर लागेको संयोजक बिनोद पोखरेलले वताउनुभयोे । कोभिड–१९ कारण विराटनगरको रानी वोर्डर नाका शिल भएपनि चोरवाटो भएर दलालहरुले प्रलोभनमा पारेर नेपाली चेलीलाई भारत पुर्याउने गरेको उहाँले वताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सन्जिव खनालले सामुदायिक विद्यालयका ८ देखि १० कक्षासम्मका युवतीहरुलाई बेचविखन सम्वन्धमा जनचेतना जागृत गराउनु पर्नेमा जोड दिनु भयो ।

माइती नेपालले विराटनगर स्थित नाका र इलाका प्रशासन कार्यालय उर्लावारीमा बैदेशिक रोजगारमा जानेलाई परामर्शको कामगर्दै आएको छ ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३