प्रकाशित : १५ चैत्र २०७७, आईतवार ०६:२५

विराटनगर, १४ चैत । पहिलो संस्करणको मिल्स गोल्डकपको उपाधि सशस्त्र प्रहरी वल (एपीएफ) पूर्वाञ्चलले जितेको छ ।

मिल्स गोल्डकप फुटवल ट्रष्टको आयोजनामा विराटनगर – १६ स्थित जुट मिल्सको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा साइनो स्पोर्ट्स क्लव रानी मोरंगलाई ट्राईव्रेकरमा ४–३ गोलले हराउँदै एपीएफले उपाधि जितेको हो । निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि खेल ट्राइव्रेकरवाट छिनोफानो भएको थियो । ट्राइव्रेकरमा एपीएफका उज्जवल चाम्लिङ्ग राई, राजकुमार कन्दङबा, रोशन कार्की र आशिष चापागाइले गोल गरेका थिए । जितसँगै एपीएफले १ लाख ५० हजार रुपैयाँ हात पारेको छ ।

उपबिजेता भएको साइनोले ७५ हजार रुपैयाँमा चित्त बुझायो । एपीएफका आशिष चापागाँइ म्यान अफ द फाईनल घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरे । वेष्ट गोलकिपर सशस्त्र प्रहरीका दिलकुमार लिम्बु भए । वेष्ट डिफेन्डमा सशस्त्रका नविन चौधरी घोषित भए । साइनोका कैलाश वस्नेत वेष्ट मिडफिल्डर घोषित भए । वेष्ट कोचमा सशस्त्र प्रहरी वलका सुवास गिरी घोषित भए ।

हाइस्कोर साइनोका गिलसाङ्ग कन्दङ्वा भए । विजेता तथा उपविजेता टिमका खेलाडीहरूलाई प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, मिल्स गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाही लगायतले पुरस्कार वितरण गर्नुभयोे ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३