प्रकाशित : १५ चैत्र २०७७, आईतवार ०६:०१

विराटनगर, १५ चैत । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले आपसी सद्भाव र सामाजिक सहिष्णुता बढाउने पर्वका रुपमा होली रहेको बताउनुभएको छ ।

आफन्तसँगको भेटघाट, साँस्कृतिक मनोरञ्जन, सामुहिक हर्षबढाइँका साथ मनाईने हुँदा आपसी सद्भाव र सामाजिक सहिष्णुता बढ्ने उहाँले बताउनुभयो । होली पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख अधिकारीले कोरोना संक्रमण पुनः बढेको परिप्रेक्षमास्वास्थ्य सम्बन्धी मापदण्ड अपनाइ सावधानीपूर्वक भौतिक तथा सामाजिक दुरी कायम गर्दै घर–परिवारमा मात्र मनाउन आग्रह गर्नुभयो ।

होली पर्वका अवसरमा उहाँले देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एबम् उत्तरोत्तर प्रगति, उन्नतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख अधिकारीले होली पर्वको लोकप्रियतालाई बचाइ राख्न कसैको ईच्छा विपरीत रंग नलगाउन, दुव्र्यवहार नगर्न र अवाञ्छित क्रियाकलाप नगर्न, नगराउँनु हुन अनुरोध गर्नुभएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३