प्रकाशित : ६ चैत्र २०७७, शुक्रबार १८:२९

विराटनगर, ६ चैत । महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस हुनुभएको छ । अधिवक्ता बडाललाई सरकारले महान्यायाधिवक्ता नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले बताएको छ । उहाँको नियुक्ति र शपथ आइतबार हुने बताइएको छ ।

अग्नि खरेलले आज महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि रिक्त स्थानमा बडाललाई नियुक्त गर्न लागिएको हो । बडाल नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रीय सचिव हुनुहुन्छ । उहाँ श्रम कानुनका विज्ञ मानिनुहुन्छ । महान्यायाधिवक्ताले प्रधानमन्त्रीका मुख्य कानुनी सल्लाहकारको रुपमा काम गर्ने व्यवस्था छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३