प्रकाशित : ६ चैत्र २०७७, शुक्रबार १८:२४

विराटनगर, ६ चैत । प्रदेश १ को आन्तरिक पर्यटन प्रर्बद्धनका लागि ८ सय किलो मिटरको मोटरर्याली निकालिने भएको छ ।

नेपाल युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरको आयोजनामा चैत १२ गते विराटनगरबाट शुरुहुने मोटरर्याली चैत १४ गते विराटनगर फर्कीने भएको छ ।

विराटनगरबाट शुरु भएर बर्दीबास–घुर्मी हुँदै फाफ्लु पुगेर फर्कीने कार्यक्रम तय भएको नेपाल युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरका अध्यक्ष सृजन प्याकुरेले बताउनुभयो । उहाँका अनुसार एकतर्फी ४ सय किलोमिटरको पर्यटन यात्रा हुने छ ।

‘अन्वेषण पूर्व’ भन्ने नाराका साथ शुरु हुने मोटरर्यालीले प्रदेश १ को पर्यटकीय क्षेत्रका बारेमा सरोकारवालासँग छलफल, अन्र्तक्रिया गर्ने मोटर र्याली आयोजक समितिका संयोजक शुभम् भट्टराईले बताउनुभयो । कोभिड १९ का कारण प्रभावित भएको पर्यटन क्षेत्रलाई पुर्नजिवित गरि आन्तरिक पर्यटनलाई पुर्ववत रुपमा फर्काउने कार्यक्रमको लक्ष्य रहेको भट्टराईले बताउनुभयो ।

आन्तरिक पर्यटन प्रर्बद्धन कार्यक्रमलाई कन्ट्रोल लुब्रिकेन्ट्स, माउन्ट भिल्ला, आरसी कोला, जी पावर र ओल्ड मन्कले सहकार्य गरेका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३