प्रकाशित : १ चैत्र २०७७, आईतवार १८:४६


विराटनगर, १ चैत । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कूलमा हाउस स्तरीय फूटबल टुर्नामेन्ट सम्पन्न भएको छ । स्कुलका तीन वटा समूहवीच भएको स्पर्धामा कोशी हाउसले उपाधी जितेको छ ।
जुनियर समूहमा मेचीले उपाधी जितेको छ । प्रतियोगितामा कक्षा ३, ४ र ५ को जुनियर समूह थियो भने कक्षा ६ र ७ को एउटा र कक्षा ८ र ९ को अर्काे गरि तीन वटा समूहमा मेची, कोशी, गण्डकी र कर्णालीका चार टीमले भाग लिएका थिए ।
प्रतियोगिताका विजेता तथा उपविजेतालाई एभरेष्ट सेकेन्डरी स्कूलका सह–प्राचार्य टीएन भण्डारीले पुरस्कार बितरण गर्नुभएको थियो ।
सम्बन्धित शीर्षकहरु