प्रकाशित : १ चैत्र २०७७, आईतवार १८:४४

विराटनगर, १ चैत । उद्योग संगठन मोरङको अध्यक्षमा सुयस प्याकुरेल निर्विरोध निर्वाचित हुनु भएको छ । उद्योग संगठन मोरङको ४८ औं साधारणसभाबाट प्याकुरेल अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो ।

त्यस्तै संगठनको वरिष्ठ उपाध्यक्षका लागि निर्वाचन भएको थियो । निर्वाचनमा ७७ मत ल्याउँदै प्रदीपकुमार मुरारका निर्वाचित हुनु भयो । मुरारकाले प्रतिस्पर्धी राकेश सुरानाले ७५ मत ल्याउनु भयो । संगठनको उपाध्यक्षमा भोलेश्वर दुलाल, राजकुमार गोल्छा र नन्दकिशोर राठी निर्विरोध निर्वाचित हुँदा कोषाध्यक्षमा विपिन कावरा पनि निर्विरोध निर्वाचित हुनुभयो ।

कार्यसमिति सदस्यहरुमा सुनिलकुमार धनावत, पारस लुनिया, इन्द्र खत्री राजन, सुवोध कोइराला, शौरभ सारडा, तारानाथ निरौला, सुरेन्द्र गोल्छा र सुदीप घिमिरे चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्षसहितका पदाधिकारी र सदस्यहरूलाई नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्षसमेत रहेका संगठनका पूर्वअध्यक्ष किशोर प्रधान, मुकेश उपाध्याय, शिवशंकर अग्रवाल, निवर्तमान अध्यक्ष भीम घिमिरेलगायतले माला र अविर लगाएर बधाई दिनुभएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३