प्रकाशित : २३ फाल्गुन २०७७, आईतवार ०७:३६

विराटनगर, २३ फागुन । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिडेडले गत आर्थिक वर्षमा ४ करोड ६९ लाख नाफा आर्जन गरेको छ । संस्थाको १४ औं बार्षिक साधारणसभाका अवसरमा ४ करोड ६९ लाख ५१ हजार ४ सय ६९ रुपैयाँ नाफा आर्जन गरेको जनाएको छ ।

सञ्चालक समिति अध्यक्ष भेषप्रसाद धमलाले आ.व. २०७६-७७ प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । उहाँले गत आर्थिक वर्षमा १ लाख ३९ हजार ८५४ घर परिवारमा लघुवित्त सेवा पुर्याई ८५ हजार १५३ ऋणी सदस्यलाई ५ अर्व ४८ करोड ऋण लगानी गरिएको बताउनुभयो । संस्थाले २ अर्व १८ करोड बचत संकलन गरेको उहाँले बताउनुभयो ।

साधारणसभाले शेयरधनीहरुलाई आ.व.२०७६-७७ को वितरण योग्य मुनाफावाट ८ प्रतिशत वोनश शेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि)वितरण गर्ने निर्णय पारित गरेको छ । वोनश वितरण पश्चात वित्तीय संस्थाको चुक्ता पुँजी ४९ करोड ३८ लाख ७७ हजार ५ सय ७४ पुगेको अध्यक्ष धमलाले जानकारी दिनुभयो । साधारण सभाबाट संस्थापक शेयरधनीहरु मध्येबाट मणिकुमार अज्र्याललाई संचालकमा निर्विरोध चयनगरिएको छ ।

राष्ट्रिय स्तरको यस संस्थाले ३१ जिल्लामा ९२ वटा शाखा उपशाखाहरुमार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३