प्रकाशित : २३ फाल्गुन २०७७, आईतवार ०७:२५

विराटनगर, २३ फागुन । विराटनगर ३ को पवित्र पृथ्वी समाजको छैठौं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभामा संस्थाको बार्षिक प्रगति प्रतिवेदन पवित्र पृथ्वी समाजका अध्यक्ष सरद पराजुलीले प्रस्तुत गर्नुभएको थियो । उहाँले निर्वमान सामाजिक विकास मन्त्री जीवन घिमिरेको सांसद विकास कोषबाट १२ लाख ११ हजार ६२५ , विराटनगर महानगरपालिकाबाट २ लाख ६७ हजार १८४ रुपैयाँ गरि १४ लाख ७८ हजार ८०९ रुपैयाँ र संस्थाको १ लाख ७९ हजार ६५५ रुपैयाँ लागत साँझेदारीमा एक तले भवन निर्माण सम्पन्न गरिएको बताउनुभयो । उहाँले देउसी खेलेर संस्थाले आयश्रोत संकलन गरेको बताउनुभयो । साधारणसभाको अवसरमा दुई जना जेष्ठ नागरिकलाई सम्मानित गरिएको छ ।

जेष्ठनागरिकद्धय रणबहादुर थापा र हरिमायाँ पोखरेललाई निर्वमान सामाजिक विकास मन्त्री घिमिरे, प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सम्मानित गर्नुभएको थियो ।

यस्तै पवित्र पृथ्वी समाजको जनक प्याकुरेल स्मृती कोषमा १ लाख १ सय ११ उपलब्ध गराउने प्याकुरेल पत्नी रेखा प्याकुरेललाई दोसल्ला ओडाएर सम्मानित गरिएको अध्यक्ष पराजुलीले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३