प्रकाशित : १९ फाल्गुन २०७७, बुधबार ०६:५४

विराटनगर, १८ फागुन । भारतबाट अवैध रुपमा सामान नेपाल भित्रियाएर विक्री गर्ने विराटनगरका २ व्यापारीलाई कारवाही गरिएको छ ।

बाणिज्य, आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरले अनुगमनका क्रममा विराटनगर ३ की व्यापारी उषाकुमारी साह, विराटनगर १० की शर्मिला कोइरालालाई कारवाही गरिएको हो । उनीहरुले भारतबाट अवैध रुपमा कुरकुरे, लेज, डेरिमिल्क, पापड, विभिन्न ब्राण्डका विस्कुट , भुजिया लगायतका सामान ल्याएर विक्री गरेको पाईएपछि कारवाही गरिएको बाणिज्य, आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरका प्रमुख सन्तोष पोखरेलले बताउनुभयो । उहाँका अनुसार उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम शाहलाई ५हजार र कोइरालालाई २० हजार जरिवाना गरिएको छ ।

शाहले सञ्चालन गरेको न्यू निशा स्टोरबाट म्याद सकिएको २ हजार १३५ मूल्य बरावरको खाध्य सामग्री नष्ट गरिएको पोखरेलले बताउनुभयो । उहाँले अनुगमनका क्रममा नेपालकै डिलरबाट खरिद गरिएका सामानहरुको खरिद विल पनि नराखेको पाईएको बताउनुभयो ।

बाणिज्य, आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, प्रहरी र सरोकारवालाहरुको टोलीले भारतबाट अवैध रुपमा सामान भित्रियाएर विक्री गर्दै हिड्ने एक किशोरीबाट पनि खाध्य वस्तुहरु जफत गरेको छ ।

आगामी दिनमा अवैध रुपमा सामान भित्रियाएर विक्री नगर्ने शर्तमा छाडिएको बाणिज्य, आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरका प्रमुख पोखरेलले बताउनुभयो । भारतबाट अवैध रुपमा सामान भित्रियाएर विराटनगर, धरान, इटहरी लगायतका शहरका पसलमा विक्री गर्ने गिरोह नै सक्रिय रहेको गुनासो आएको प्रमुख पोखरेलले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३