प्रकाशित : १९ फाल्गुन २०७७, बुधबार ०६:५२

विराटनगर, १८ फागुन । मोरंगमा कोभिड १९ विरूद्वको खोप १ लाख ३५ हजारलाई लगाईने भएको छ । तेश्रो चरणको अभियान अन्तरगत १ लाख ३५ हजार ४९३ जनालाई खोप लगाईने स्वास्थ्य कार्यालय मोरंगका प्रमुख डा.सुरेश मेहताले वताउनुभयो ।

स्वास्थ्य कार्यालयमा आयोजित कार्यक्रममा फागुन २३ गतेबाट शुरू गरिने अभियान अन्तरगत ५५ वर्ष माथिको उमेर समुहलाई खोप लगाईने उहाँले बताउनुभयो । तेश्रो चरणका लागि ७२ स्थानमा खोप केन्द्र निर्धारण गरिएको डा. मेहताले जानकारी दिनुभयो ।

माघ १४ गतेबाट शुरू भएको खोप अभियानमा अहिलेसम्म कुनै समस्या नदेखिएको उहाँले बताउनुभयो । मोरंगमा पहलो चरणमा ५ हजार ८५९ र दोश्रो चरणमा ५ हजार ३३४ जनाले खोप लगाएको स्वास्थ कार्यालयका सूचना अधिकारी धरणीधर निरौलाले बताउनुभयो । दुई चरणको कार्यक्रममा ९२ दशमलव ५ प्रतिशत प्रगति भएको उहाँले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३