प्रकाशित : १९ फाल्गुन २०७७, बुधबार ०६:४९

विराटनगर, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बाल्यकाल सन्थालसाथीहरुसँग वितेको बताउनु भएको छ ।

उर्लावारी ९ मा सन्थाल वस्तीमा निर्माण गरिने १३२ घर र सामुदायिक भवनकोे मंगलबार साँझ शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले बाल्यकालको स्मरण गर्नुभयोे । उहाँले आफ्नो बाल्यकालको अधिकांश समय सन्थालसँग वितेको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयोे,‘सन्थालसँगै बसेर भैसी चराउने, माछा मारेर दिन विताउँथे ।’ धनु–वाण चलाउन पनि उनीहरुबाटै सिकेको उहाँले स्मरण गर्नुभयोे । सन्थाल जाति सोझा र सहयोगी उहाँले बताउनुभयो ।

नेपाली भाषा पछि पहिलो पटक सिकेको भाषा नै सन्थाल भएको उनले बताउनुभयो । प्रधानमन्त्री ओलीले चाडवाडमा बजाउने सन्थाल बाजाको संरक्षणको लागि १ लाख दिने कार्यक्रममा घोषणा गर्नुभयोे । उर्लावारीका मात्र नभएर अन्य जिल्लामा रहेका सन्थाल जातिको पनि सरंक्षण गरिने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफु नेतृत्वको सरकारलाई जेष्ठ नागरिकको आशिर्वाद र युवाको शुभकामना रहेको बताउनुभयो । उहाँले भन्नुभयोे,‘सरकार प्रति जेष्ठ नागरिकको आशीर्वाद र यूवाले आई लव यु भनेर साथ दिएका छन् । यूवाको जागरण प्रति उहाँले आफ्नो सलाम रहेको बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३