प्रकाशित : १० फाल्गुन २०७७, सोमबार १९:००


विराटनगर,१० फागुन । मेची अस्पतालमा आज देखि विशिष्ट सेवाको शुरुवात गरिएको छ ।
एचडियु ( आईसीयु) सरहको अक्सिजन जडित २५ वेड सहितको सेवाको प्रदेश १ का आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मत कार्कीले उद्घाटन गर्नुभयो । विशिष्ट सेवाको उद्घाटन गर्दै मन्त्री कार्कीले मेची अस्पतालमा आवस्यक सेवाहरु थप गर्दै लगिने बताउनुभयो ।
मेची अस्पताललाई प्रादेशिक अस्पताल बनाउनुका साथैे वेड संख्या २ सय पुर्याउनुपर्ने, सिटी स्क्यान, डाईलासिस सेवाहरु थप गर्नका लागि प्रदेशसभा सदस्य लगायतले मन्त्री कार्कीलाई सुझाव दिएका थिए ।
सम्बन्धित शीर्षकहरु