प्रकाशित : १० फाल्गुन २०७७, सोमबार १८:४०

विराटनगर, १० फागुन । प्रदेश १ का १४ वटै जिल्लामा आजदेखि सवारी साधनलाई प्रेसर हर्न बजाउन पूर्ण रुपमा रोक लगाइएको छ ।

प्रदेशलाई हर्न निषेधित बनाउन ट्राफिक प्रहरीले विशेष अभियान चलाएर कडाई थालेको हो । प्रदेश १ का सबै ९२ वटै युनिटमा कार्यरत ट्राफिक प्रहरीले सवारी चालकलाई हात जोड्दै अबदेखि हर्न नबजाइदिन आग्रह गरेका छन् । बिहान १० बजे एकै पटक सडकमा हर्न निषेधको प्लेकार्डसहित निस्किएर अबदेखि हर्न बजाउन नपाइने जानकारी दिँदै सवारी चालकहरुलाई सचेत गराइएको हो ।

प्रदेशभरी नै सडकमा गुडिरहेका सवारी साधनलाई एक मिनेटजति रोकेर चालकलाई ट्राफिकले हर्न निषेध सम्बन्धी उर्दी जारी गरेको छ । चालकलाई हर्न नबजाउन आग्रह गर्दै हर्न निषेधित क्षेत्रको पूर्व सूचना दिन प्लेकार्डसहित सडकमा ट्राफिक प्रहरी निस्किएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताउनु भयो । चालकलाई दुई हात जोडेरै त्यस्तो आग्रह गरिएको बताउँदै उहाँले नटेर्नेलाई भने ट्राफिक नियम उल्लंघनको कसूरमा कारबाही अघि बढाइने जानकारी दिनु भयो ।

प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले जथाभावी र मनपरी ढंगले हर्ज बजाएर ध्वनी प्रदूषण गराउने क्रम बढेपछि प्रदेशलाई हर्न निषेधित क्षेत्र बनाउन सवारी साधनलाई नियमन गर्न थालिएको जानकारी दिनु भयो ।

प्रदेशमा यसअघि नै हर्न निषेध कार्यान्वयनमा ल्याइएको थियो । लकडाउन लगायतका कारण सवारी नचल्दा हर्नको चिन्ता पनि थिएन । प्रदेशका जुनसुकै स्थानमा हर्न बजाउँदै सवारी चलाएको अवस्थामा सवारी तथा यातायात व्यवस्था ऐन अनुसार जरिवानावापत पाँच सयदेखि एक हजार पाँच सय रुपैयाँसम्म सजाय गरिने शर्माले बताउनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३