प्रकाशित : ९ फाल्गुन २०७७, आईतवार १९:०४

विराटनगर, ९ फागुन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव आज प्रदेशसभामा पेश भएको छ । आज दिउँसो २ बजेको लागि बोलाइएको बैठक ३ः५५ बजे सुरु भएपछि प्रस्तावक इन्द्रबहादुर आङ्बोले प्रस्ताब पेश गर्नुभएको हो ।

मुख्यमन्त्री राईविरुद्ध नेकपाकै ३७ जना प्रदेशसभा सदस्यले गत पुस १२ गतेअविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्ताव पेश भएको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु र मुख्यमन्त्री निकट सांसदहरु भने अनुपस्थित रहेका थिए । प्रस्ताव खारेज गर्नुपर्ने वा आफूले कार्वाही गरेका सांसदहरुलाई प्रदेशसभामा प्रवेश नदिनुपर्ने माग गर्दै सरकारी पक्षले गत माघ २५ गतेको बैठक अबरुद्ध गरेको थियो ।

सरकारका प्रवक्तासमेत रहनु भएका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले निलम्बित सांसद संसद बैठकमा उपस्थित भएसम्म बैठक सञ्चालन गर्न नहुने आफूहरुको अडान रहेको बताउनुभयो । उहाँले संसदमा देखिएको गतिरोधलाई अन्त्य गरि बैठक सञ्चालनका लागि सभामुखलाई लिखित पत्र दिईएको बताउनुभयो । मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्ताव दर्ता भएको लामो समय सम्म संसदमा पेश हुन नदिएर सरकारले आफ्ना आयुलम्व्याएको नेकपा दाहाल–नेपाल समूहका सांसद भीम आचार्यले प्रतिक्रिया दिनुभयो । उहाँले सरकारको कारण संसद बैठक लम्बिएको बताउनुभयो ।

सत्तापक्षको अनुपस्थिति विना शुरु भएको बैठकमा अविश्वासको प्रस्ताव पेश भएसँगै सभामुख भण्डारीले अर्काे बैठक फागुन २० गते बस्नेगरी स्थगित गर्नुभएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३