प्रकाशित : ८ फाल्गुन २०७७, शनिबार ०७:१६

विराटनगर, ८ फागुन । प्रदेश १ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ८ सय १३ जना पीडित भएका छन् । गतबर्ष ८५२ जना पीडित भएका थिए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय विराटनगरले शुक्रबार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

सन् २०२० मा प्रदेश १ मा गिरफ्तारीका घटनामा ३१ जना, महिला अधिकार उल्लङ्घनका घटनामा ३ सय २५ जना, हत्याका घटनामा ८२ जना, बाल अधिकार उल्लङ्घनका घटनामा २ सय ९९ जना पीडित भएका छन् ।

सन् २०१९ मा प्रदेश १ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ८ सय ५२ जना पीडित भएको इन्सेकका प्रदेश १ प्रमुख सोमराज थापाले जानकारी दिनुभयो । नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै प्रदेश १ मुख्यन्यायाधिवक्ता चुडामणि आचार्यले महिला र बालबालिकाको अवस्थामा अझैपनि उल्लेख्य रुपमा सुधार हुन नसकेको बताउनुभयो ।

इन्सेकको वर्ष पुस्तक अध्ययन गर्दा समग्र मानव अधिकारको अवस्थाबारे थाहा हुने उहाँले बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ कार्यालय प्रमुख नितु गड्तौलाले धेरै घटनाहरु इन्सेकको बर्ष पुस्तकमा समावेश भएको बताउनुभयो ।

इन्सेक प्रदेश १ कार्यालयका प्रमुख सोमराज थापाले मानव अधिकार बर्ष पुस्तकले मानव अधिकार उल्लङ्घनकर्तालाई दवाव सिर्जना गर्ने बताउनुभयो । बर्ष पुस्तकले राज्यलाई पनि बर्षभरिका घटनाका बारेमा अवगत हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रदेश १ को उत्कृष्ट जिल्ला प्रतिनिधिका रुपमा ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङलाई पुरस्कृत गरिएको छ । उहाँलाई नगद ७ हजार राशी सहित मुख्यन्यायाधिवक्ता चुडामणि आचार्य, इन्सेक प्रदेश १ प्रमुख सोमराज थापा, गैसस महासंघ मोरङ उपाध्यक्ष विष्णुशर्मा पन्त लगायतले पुरस्कृत गर्नुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३