प्रकाशित : १ फाल्गुन २०७७, शनिबार १८:३२

विराटनगर, १ फागुन । उज्यालो मन नेपालले नेपाली भाषा साहित्यका क्षेत्रमा विगत चार दशकभन्दा लामो समयदेखि सक्रिय अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेलसहित आधा दर्जन व्यक्तिहरूलाई सम्मान गरेको छ ।

विराटनगरमा आज विशेष समारोह आयोजना गरेर उज्यालो मनले साहित्यको कविता, कथा, निबन्ध, मुक्तकलगायतका विधामा योगदान पुर्याएबापत पोखरेलसहित आधा दर्जन व्यक्तिहरूलाई सम्मान गरेको हो ।

कार्यक्रममा साहित्यकार गायत्रीकुमार चापागाईं काठमाडौं, हरिप्रसाद रिमाल झापा, बद्री भिखारी सुनसरी, बिन्दु मूकदर्शक झापा र टीका आत्रेय सुनसरीलाई पनि सम्मान गरिएको थियो । उहाँहरू सबैलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार दधिराज सुवेदी आयोजक संस्थाकी अध्यक्ष टीका सुदिस निरौलाले माला लगाएर सम्मानपत्र समर्पण गर्नुभएको थियो ।

कार्यक्रममा दिङ्लाली कान्छो, मीनकुमार नवोदित, शुभलक्ष्मी लम्साल, सविता गौतम दाहाल, भरत गुरागाईं, किशोर कोइराला, चूडामणि नेपाल अकिञ्चन, प्रयाग न्यौपाने, हरि कट्टेललगायत दुई दर्जनभन्दा बढी स्रष्टाहरूले आ–आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो । उज्यालो मन नेपालले साहित्यका विभिन्न विधामा योगदान पुर्याउने स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३