प्रकाशित : २९ माघ २०७७, बिहीबार १९:३४


विराटनगर, २९ माघ । मोरंगको जहदामा ज्वाँईले सासुको हत्या गरेका छन् ।
झापाको गौरीगञ्ज १ घर भएका २७ वर्षीय प्रेमलाल सरवरिया ससुराली आएको समयमा हिजो विहान घरायसी विवाद हुँदा जहदा १ की ५५ वर्षीया जोखनीदेवी सरबरियालाई घारिलो हतियार दाउले प्रहार गरि घाईते बनाएका थिए ।
घाईते जोखनदेवीको उपचारका क्रममा आज दिउँसो कोशी अस्पताल विराटनगरमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिसपी मानबहादुर राईले बताउनुभयो । धारिलो हतियार प्रहार गर्ने प्रेमलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।