प्रकाशित : २९ माघ २०७७, बिहीबार १९:२०

विराटनगर, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आगामी फागुन ८ गते विराटनगरमा प्रदेश स्तरिय जनसभा गर्ने भएको छ । प्रदेश स्तरिय मुल जनपरिचालन समितिले जनसभाको तयारी शुरु गरिसकेको जनाएको छ ।

आज विराटनगरमा पत्रकार सम्मेलन गरि जनसभाको विस्तृत कार्ययोजना सार्वजनिक गरिएको छ । ताजा जनादेशमा जाने सन्देश दिनका लागि प्रदेश स्तरिय जनसभाको आयोजना गरिएको नेकपा केन्द्रीय सदस्य तथा प्रचार प्रसार समिति संयोजक राजेन्द्र गौतमले बताउनुभयो । उहाँले अराजकता, विखण्डन र राष्ट्रिय आत्मसर्मपणवादका विरुद्ध जनसभाको गर्ने तयारी गरिएको बताउनुभयो । उहाँले फागुन ६ गते सुनसरीको इटहरी र मोरङको विराटचोकलाई मुल केन्द्र मानेर १० हजारको संख्यामा मोटरसाईकल र्यालीको आयोजना गर्ने, फागुन ७ गते विहान विराटनगर, इटहरी, धरान, इनरुवा, विराटचौक, दमक, विर्तामोडमा युवाहरुको आयोजनामा प्रभातफेरि गरिने जानकारी दिनुभयो । फागुन ७ गते दिउसो युवा÷विद्यार्थीको पहलमा मार्चपास गरिने कार्यक्रम तय गरिएको प्रचार प्रसार समिति संयोजक गौतमले बताउनुभयो ।

प्रेस संगठनको इन्चार्ज समेत रहेका नेता गौतमले फागुन ७ गते प्रेस संगठन नेपालको प्रदेश स्तरिय भेलाको पनि आयोजना गरिने बताउनुभयो । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, नेकपा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सम्वोधन गर्ने जनसभामा प्रदेश १ का १४ वटै जिल्लाबाट १ लाख ३६ हजार बढीको सहभागिता रहने मुल जनपरिचालन समिति सचिव विनोद ढकालले जानकारी दिनुभयो ।

उहाँले जनसभालाई भव्य बनाउनका नेकपा प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय मुल जनपरिचालन समिति निर्माण गरिएको बताउनुभयो । ढकालले जनसभाका लागि मञ्च व्यवस्थापन, प्रचार प्रसार, सास्कृतिक कार्यक्रमका लागि विभिन्न उपसमितिहरु निर्माण गरिएको बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३