प्रकाशित : २४ माघ २०७७, शनिबार १८:३१

विराटनगर २४ माघ । देशभरका १ हजार निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । कोरोना संक्रमणका कारण लामो समय देखि पठन पाठन रोकिदा करिव १ हजार विद्यालय बन्द हुने अवस्थामा पुगेका हुन् ।

देशभर १० हजार निजी विद्यालय छन् । करिव १० प्रतिशत विद्यालय वन्द हुने अवस्थामा रहेको निजी थता आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याव्सन) का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले बताउनुभयो । उहाँका अनुसार बन्द हुने निजी विद्यालय बढी काठमाण्डौंका छन् । अध्यक्ष पुरीले भन्नुभयो,‘ भाडामा रहेका बढी मर्कामा परेका छन् ।’ कोरोना संक्रमणका कारण वन्द हुने अवस्थामा पुगेका विद्यालयलाई मर्जरमा लैजानुपर्ने प्याव्सनले निर्णय गरेको छ ।

विराटनगरमा आज सम्पन्न केन्द्रीय समितिको बैठकले बन्द हुने अवस्थामा पुगेका विद्यालयलाई मर्जरमा लगि सरकारसँग सहुलियत माग गर्नुपर्ने निर्णय भएको अध्यक्ष पुरीले बताउनुभयो । निजी विद्यालयको लगानी र रोजगारी गुम्ने भएकाले सरकार समक्ष सहुलियतका लागि पहल गर्नुपर्ने निष्कर्ष निकालिएको उहाँले बताउनुभयो । केन्द्रीय समिति बैठकले निजी विद्यालयलाई कोरोनाबाट अति प्रभावितको सूचीमा राख्न माग गरेको छ ।

मौद्रिक नीतिले मध्यम प्रभावितमा समावेश गरिएकाले यसलाई सच्चाएर अति प्रभावितमा राख्नुपर्ने निर्णय गरिएको अध्यक्ष पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार अति प्रभावितको सूचीमा समावेश भए आगामी असार सम्म वैंकको ऋण भुक्तानीका लागि छुट हुने छ । मध्यम प्रभावितमा राख्दा आगामी चैत सम्ममा बैंक ऋण भुक्तानी गरिसक्नु पर्ने अध्यक्ष पुरीले बताउनुभयो ।

लामो समयदेखि विद्यालय बन्द रहेकाले बैक ऋण भुक्तनीमा समस्या रहेकाले अतिप्रभावितमा समावेशका लागि माग गरिएको उहाँको भनाई छ ।

 

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३