प्रकाशित : २२ माघ २०७७, बिहीबार १८:३६


विराटनगर, २२ माघ । मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा १ सय ८५ राउण्ड गोली भेटिएको छ । जमिनमुनि गाडेको अवस्थामा एसएलआर राइफलमा प्रयोग हुने ७ दशमलव ६२ एमएमको गोली भेटिएको हो ।
स्थानीय दलबहादुर लिम्बूको घरनजिक खेतमा कालो प्लास्टिकमा गाडेको अवस्थामा गोली फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनुभयो । उहाँका अनुसार स्थानीय ५३ वर्षीय भक्तबहादुर सुवेदीले खेत खन्ने क्रममा कालो रंगको प्लाष्टिकभित्र पोको पारेर माटो मुनि गाडेको अवस्थामा गोली भेट्नु भएको थियो ।
गोली द्वन्द्वका समयमा माओवादीका कार्यकर्ताले गाडेको हुनसक्ने प्रहरीले जनाएको छ ।
सम्बन्धित शीर्षकहरु