प्रकाशित : २१ माघ २०७७, बुधबार ०७:३२


विराटनगर, २१ मघ । तेहृथुमको म्याङलुङका एक सय बढी जेष्ठ नागरिकले नयाँ दाँत उपहार पाएका छन् । प्रदेश १ सरकारको ‘प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम’ अन्र्तगत उनीहरुलाई नयाँ दाँत लगाइएको हो ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ आँफै तेहृथुम पुगेर जेष्ठ नागरिकलाई दन्त उपहार हस्तान्तरण गर्नुभयोे । प्रदेश प्रमुख अधिकारीले सरकारले जेष्ठ नागरिकलाई जीवनको उत्तरार्धमा सेवा सुविधा र खानपानमा सहज हुने वातावरण सृजना गर्नको लागि प्रभावकारी कार्यक्रम ल्याएकोे बताउनुभयो ।
जेष्ठ नागरिकले असहज परिस्थितिमा देशलाई अतुलनीय योगदान दिएको र अहिलेको परिवर्तन त्यही योगदानको प्रतिफल भएको कुरालाई सरकारले सम्झिएकोमा उनले खुशी व्यक्त गर्नुभयोे ।
म्याङ्लुङ्ग नगरपालिका प्रमुख सञ्जयकुमार तुम्वाहाम्फेले जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम प्रभावकारी देखिएको बताउनुभयो । कार्यक्रमले जेष्ठ नागरिकमा खुशीयाली आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा उपप्रमु कार्यक्रममा उपमेयर पार्वती सानु डाँगी, हेल्पिङ युथका संयोजक केशव रिमाल लगायतले बोल्नु भएको थियो । हेल्पिङ युथका संयोजन भएको कार्यक्रममा पूर्वाञ्चल डेन्टल हस्पिटल, इटहरीले प्राविधिक सहयोग गरेको थियो ।
प्रदेश सरकारले गत आर्थिक वर्षबाट शुरु गरेको कार्यक्रम प्रभावकारी देखिएको पछि यसले निरन्तरता पाएको हो ।